१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन– कमल थापा



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताएका हुन्।

“धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म, संस्कृति र परम्पराको रक्षा गरौँ”, बुधबार उनले ट्वीटरमा लेखेका छन्, “गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।”

हिजो सम्पन्न भएको केन्द्रिय समितिको बैठकले पार्टीलाई पूर्णरुपमा निर्वाचन केन्द्रित गराउने निर्णय गरेको छ ।