२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता बिधेयक जस्ताको तस्तै फिर्ता पठाउने निर्णय नितान्त गलत र असंवैधानिक: बिश्लेषक श्रेष्ठ



अ+ अ-

काठमाडौं । राजनीतिक बिश्लेषक श्याम श्रेष्ठले विवादित नागरिकता विधेयकलाई जस्ताका तस्ता फर्काउनु नितान्त गलत र असंवैधानिक हुने बताउनु भएको छ ।

श्रेष्ठले पुनर्विचारका निम्ति फिर्ता गर्ने राष्ट्रपतिले कार्य सहि भएको टिप्पणी गर्दे विधेयक संसदमा पुनर्विचारका लागि पठाएपछि त्यसलाई संसद र समितिमा राम्रोसँग छलफल गरिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो छलफल नै नगरी जस्ताका तस्ता फर्काउनु नितान्त गलत र असंवैधानिक हुन्छ। खबरदार यस्तो नगरियोस् । श्रेष्ठले नेपाल जस्तो सानो मुलुकमा नागरिकतालाई खेलबाडको बिषय बनाउनु ज्यादै अनिष्टकारी हुनसक्ने जनाउनु भयो । उहाँले मधेसमा रहेका नागरिहरु पनि नेपाली भएको र उनीहरूमध्ये भूमिहीन मधेसी दलित र हरवा चरवाले अझै नागरिकता पाउन नकसकेको अबस्थामा अबिलम्ब नागरिकता प्रदान गरिनु पर्ने जनाउनु भयो ।

उहाँले एकजना नेपाली पुरुषले कुनै विदेशी महिलालाई बिबाह गर्नासाथ नागरिकता प्रदान गरिनु देशको हितमा नहुने स्पष्ट पार्नुभयो । श्रेष्ठले उसमाथि ७ बर्षको निरीक्षणको प्रावधान जुन पहिले बिषयगत समितिबाट राखिएको थियो त्यो हटाउनु गलत भएको टिप्पणी गर्नुभयो ।

विधेयकमा त्यो प्राबधान हटाउनु महाभूल भएको भन्दै उहाँले नेपाली महिलाले नेपालमै रहने गरी बिदेशी पुरुषसित बिबाह गरिन् भने उसलाई पनि ७ बर्षकै निरीक्षणको प्रावधान राखिनु उचित र समतामूलक हुन जाने उल्लेख गर्नुभयो ।

सत्तारुढ गठबन्धनको मंगलबार बसेको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद‍्मा पेश गर्ने निर्णय लिएको गरेको थियो ।