१३ श्रावण २०८३, बुधबार
,
Latest
उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह संसदीय सुनुवाइ समितिको बैठक बस्दै विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले गरायो दल दर्ता



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलवार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर काँग्रेसले दल दर्ता गरेको हो । दल दर्ताका लागि काँग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

आगामी निर्वाचनका लागि लगभग सबै दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् । निर्वाचन आयोगले आज ५ बजेसम्मका लागि दल दर्ता गर्नसक्ने बताएको थियो । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो । दल दर्ता गरेपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति गुरुङले काँग्रेसले निर्वाचनका लागि अधिकतम सिट खोज्ने तर सहमतिबाट तालमेल गरेर जाने बताउनु भयो ।

उहाँले सहअस्तित्व र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धताअनुसार नै सबैलाई समेट्ने बताउनु भयो । सबैलाई समेटेर जाने क्रममा धेर, थोरमा चित्त बुझाउनु पर्ने बताउनु भयो । उहाँले सहमति र सहकार्य बाट नै देशमा राजनीतिक स्थिरता र मुलुकको समुन्नती खोज्ने यात्रामा लाग्ने बताउनु भयो । उहाँले पार्टीभित्र सिट बाँडफाँटमा न्यायोचित व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले काँग्रेसभित्र धेरै सक्षम नेता भएकोले सबैलाई व्यवस्थापन गर्न गाह्रो भएपनि हेर्दा, देखिँदा र सुन्दा न्यायोचित भएको अनुभुति गराउने प्रतिवद्धता जनाउनु भयो ।

उपसभापति गुरुङले केन्द्रिय पार्टीको केन्द्रिय कार्यसमितिमा १० जना महिला मनोनित गरेको पनि बताउनु भयो । उहाँले माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर नेपाल समाजवादी र राष्ट्रिय एकता अभियानका नेताहरु चुनावमा प्रतिष्पर्धा गर्ने कुराले गठबन्धनको भागबण्डामा असर नपर्ने बताउनु भयो । उहाँले गठबन्धन दल भित्रका दलसँग मिल्न आउने अन्य दलले खासै असर नपार्ने बताउनु भयो । आजबाट आगामी निर्वाचनार्थ आयोगमा दल दर्ताको समय सकिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुँदैछ ।