२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम र म सँगै उभिनुको ठूलो अर्थ छः प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताएका छन् ।

मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वसहकर्मी डा. भट्टराईसँगको भेटपछि सो कुरा बताएका हुन् ।

प्रचण्डले सञ्चारकर्मीहरुसँग भने, ‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराले ठूलो अर्थ र महत्व राख्छ, हामी उभियौं अब कसैले रोकेर रोकिँदैन ।’

यस्तै, प्रचण्डले आज नै पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने बताउँदै माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग पनि एकताका लागि संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए ।

माओवादी र नेसपाबीच ४ मंसिरको निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।