११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने

प्रधानमन्त्रीले श्रीमति र आफन्तलाई अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको ओलीको आरोप

प्रधानमन्त्रीले श्रीमति र आफन्तलाई अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको ओलीको आरोप
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमति र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकीर समेत गर्नु भयो । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क समेत गर्नु भयो ।

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नु भयो । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उहाँले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘पोलिटिक्सको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट । म यो पनि बेचिदिन्छ, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोडछु । यस्तो पोलिटिक्स गर्नु भयो भने पोलिटिक्स हुँदैन । त्यो पोलिटिक्स होइन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो ।

राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमति, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? श्रीमति, सालाहरुलाई अगाडि सारेर देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ? अव गलत पोलिटिक्स ग¥यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले डट्टी पोलिटिक्छ भन्न थाल्छ । व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसीटिभी क¥यापकुरुप पारेर तार चुडाएर आयो । अनि, केही पनि भेटिएन भन्यो । यस्तो ढाँट पनि हुन्छ राजनीति ? अव यही देखेपछि अनि कतिपयले भन्छन–आई हेट पोलिटिक्स । यो पोलिटिक्स होइन ।

यसका विरुद्ध तपाईहामी उठनु पर्छ । तपाईहामीले यसका विरुद्ध लडनुपर्छ । पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनु पर्छ । देशका निम्तिको बनाउनुपर्छ । जनताको निम्तिको बनाउनु पर्छ । स्वच्छताको निम्तिको बनाउनुपर्छ । समाजका निम्तिको बनाउनुपर्छ । मानव जातिका निम्तिको बनाउनु पर्छ । पोलिटिक्स झगडाका लागि हो र ? पोलिटिक्स झगडाका लागि होइन । पोलिटिक्स विश्व शान्तिका लागि । पोलिटिक्स राष्ट्रिय शान्तिका लागि । पोलिटिक्स बिगार्नका लागि होइन । त्यसकारण कस्तो पोलिटिक्स भन्ने कुरा हावादारी पोलिटिक्स होइन ।’

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएको टिप्पणी समेत गर्नु भयो । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उहाँले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘कस्तो पोलिटिक्स भन्ने हुन्छ । हावादारी पोलिटिक्स होइन । हा हुँको पालिटिक्स होइन । मौसमी तालको नि । भनिदिनलाई सजिलो छ । अस्ती म यसो सुन्दैथिए मानिसहरुले बोलेको । दुःख नगरेका, पसिना नबगाएका, केही नगरेका, केही नगरेकालाई कमेन्ट गर्न सजिलो छ । तिनले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन । जसले लोकतन्त्रका लागि उक थोपा पसिना बगाएको छैन । जसले कुनै बलिदान दिएको छैन । कोही परिवारको सदस्यले बलिदान दिनु परेन । उसले केही क्षति नै व्यहोरेको छैन । उसका लागि पोलिटिक्स हाहु गर्ने, इन्जोय गर्ने माध्यम बनेको छ । रमाईलो गर्ने विषय बनेको छ । तर पोलिटिक्स त्यस्तो होइन ।’

अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंशा समेत गर्नु भयो ।