११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

सूर्य चिन्ह लिएर गएँ भने हार्छु, जित सुनिश्चितताका लागि माओवादी रोजेँः वामदेव गौतम

सूर्य चिन्ह लिएर गएँ भने हार्छु, जित सुनिश्चितताका लागि माओवादी रोजेँः वामदेव गौतम
file
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताउनुभएको छ ।

मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताउनु भयो ।

सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भुमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने बताउनु भयो । उहाँले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताउनु भयो । हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेको दाबी गर्नुभयो । उहाँले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गर्नुभयो । उहाँले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी गोलाकार भित्र हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो । समझदारी बन्यो । त्यसअनुसार जाँदा कानूनी प्रक्रियाहरु के छन्, भोलि गाह्रो पर्ने हो की, सजिलो हुन्छ कि, कसरी मिल्नसक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ । माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गएपनि म स्वतन्त्र हो, त्यसरी मैले भुमिका निर्वाह गर्छु सदनमा । प्रत्यक्षमा उम्मेदवार दिनुभन्दा पहिले मैले राष्ट्रिय सभा सदस्यको पद छोड्नुपर्छ । छोडेर राजीनामा स्वीकृत भएको व्यक्ति भएर आफैँ प्रमाण बनेर उम्मेदवार दिन जानुपर्छ ।

म अहिले सूर्य चिन्ह लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नको लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो । हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि छ । मैले भन्दा धेरै मान्छे रिसाउन सक्छन्, एमाले नेताहरु सबै रिसाउन सक्छन् । इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ म देख्दिन । तर यहाँ भित्रै छिद्र पैदा हुने र अन्तर्घात गर्ने, विद्रोही उठ्ने जस्ता गतिविधि भएभने त्यसबाट अरुलाई फाइदा पुग्छ । त्यो फाइदा पुग्दा पनि गठबन्धन धेरै अघि हुन्छ । यो चुनावसम्मको मात्रै गठबन्धन हो, सरकार बनाउने सन्दर्भमा फेरि अर्को गठबन्धन शुरु हुन्छ । प्रधानमन्त्रीको कुरै नसोध्नुस्, भन्ने बित्तिकै मेरो सबै बिग्रिन्छ ।’

निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गर्नुभयो । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताउनुभएको थियो ।

राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहनुभएका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताउनु भयो । मंगलवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चनाव चिन्ह दिने सहमति गरेको थियो ।