५ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको संगठनात्मक कार्यशाला बन्दिपुरमा सम्पन्न



अ+ अ-

तनहुँ, ३० साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला सोमवार सम्पन्न गरेको छ ।

कार्यशालाको समापन गर्दै उपमहासचिव एवम् गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको आन्तरिक एकतालाई मजबुद पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेलाई पुनः बहुमतसहित पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । कार्यशालामा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टी एक हुनुपर्ने उल्लेख गरे । कार्यपत्रमाथि ११ जिल्ला र मोर्चा संगठनले समुहगत छलफल गर्दै सुझाव दिएका थिए ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यहरु कर्ण थापा, भानुभक्त ढकाल, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन प्रसाद रेग्मी, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य लगायतले बोलेका थिए ।

आइतवार शुरु कार्यशालामा प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेशमा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, २२ वटै जनवर्गिय संगठनका प्रदेश अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।




भर्खरै