२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



file
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । जारी बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल भइरहेको बताइएको छ ।

यसअघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो । कार्यदललाई प्रस्ताव ल्याउन दिइएको समयसीमा आजसम्म मात्र छ ।

२० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदल गठन गरिएको छ । सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजक सिटौलालाई नै दिइएको छ ।