२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमा सबै दल एक हुनुपर्नेमा नेता खनालको जोड



अ+ अ-

मङ्गलबारे । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताउनुभएको छ ।

इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताउनुभएको हो । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रमाणीकरण नगरेकोमा आफ्नो यस विषयमा अध्ययन नभएको भन्दै उहाँले अध्ययन गरेर मात्र धारणा बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो भन्दै उहाँले अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिन नहुने बताउनुभयो । उहाँले राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गबाट विधेयक पास गराउने काम नगर्न राजनीतिक दलहरूलाई सुझावसमेत दिनुभयो ।

जनसाङ्ख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्ने भन्दै उहाँले एक÷दुई वटा दलले मात्र सिङ्गो देशलाई समेट्ने कुरामा लाग्न नहुनेमा जोड दिनुभयो । फरक प्रसङ्गमा उहाँले आफू सङ्घीय निर्वाचनमा इलामको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने जानकारी दिनुभयो ।

अहिले बाम गठबन्धनको सम्भावना नभएको र शीर्ष नेताले बाम गठबन्धन नचाहेको उहाँको भनाइ थियो । नेता खनालले यसअघि स्थानीय चुनावमा पनि देशमा पाँच दलीय गठबन्धन भएको र अब पनि सोही गठबन्धनले निरन्तरता पाउने बताउनुभयो । साना दलसँग छलफल भइरहेको भन्दै नेता खनालले सबैलाई समेट्ने गरी अघि बढ्ने पनि धारणा राख्नुभयो ।