२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दूराष्ट्र मूल विषय बनाउन सबै पार्टीमा छलफलः शंकर भण्डारी



अ+ अ-

काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सबै पार्टीमा अहिले हिन्दुराष्ट्र मुल विषय बनाउनेबारे छलफल चलिरहेको बताएका छन् । उनले देश कुनैपनि बेला हिन्दू राष्ट्र हुने ठोकुवा गरे ।

भण्डारीले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भने,‘यो सनातन हिन्दुराज्य कांग्रेसको मात्र नभई सबैको सुनौलो भविष्य,पहिचान र परिचयको आधार हो । यस विषयलाई सबैले गम्भिर तरिकाले लिएर सोच्न पर्ने बेला आएको छ ।’

सुर्खेतदेखि पशुपतिनाथ मन्दिरसम्म ५११ कि. मि. खालि खुट्टा पदयात्रा गरेका हिन्दू अभियान नेपालका अभियन्ता झनक बहादुर बस्नेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले नेपाली कांग्रेसले पछिल्लो समय सिद्धान्त भुलेको टिप्पणी गरे । उनले भने,‘पार्टीले स्थापनाकालमा जुन विचार बोेकेर आएको थियो त्यो विचारलाई छाडेर पछिल्लो समयमा सहमती र सहकार्यको नाममा पार्टीको विचार भन्दा बाहिर जान परेको अवस्था छ ।’ उनले आफु पार्टीको सदस्य भएकै कारण पार्टीकै निर्णय मान्दै आएको र उल्लघन गर्न नमिल्ने बताए ।

नेता भण्डारीले हिन्दुराज्यलाई रुपान्तरण गर्न र मुल सान्दर्भिकतालाई समाप्त पार्न षड्यन्त्र भएकाले नै आज मुलुक अफ्ठेरो परिस्थितिमा गुज्रन परेको दाबी गरे ।
संविधान जारी समय स्मरण गराउँदै भण्डारीले पार्टीभित्र आफु लगायत केही सदस्यले धर्म निरपेक्षताको विषयमा असहमति राखेको बताए । उनले उक्त समयमा तत्कालीन ७५ वटै जिल्लामा जनमत लिइएको समेत स्मरण गराए । उनले भने,‘सबै संविधानसभाका सांसद जनमत लिन जिल्ला पुगेका थिए । त्यो आएको जनमतलाई अनादार गर्दा मुलुकमा आज संकट आइपर्यो । दस्तावेजका रुपमा संविधान जारी भयो र यो विषयलाई संविधानभित्र घुसाइयो ।’

भण्डारीले नेपाली कांग्रेसको मुल सिद्धान्त राष्ट्रियता भएको भन्दै पार्टीले राष्ट्रियता भित्र पर्ने, राष्ट्रियतासँग जोडिएको पहिचान हिन्दुधर्मलाई कांग्रेसले अस्वीकार गर्न नमिल्ने बताए । कांग्रेसका नेताहरुले लोभ र लालचाले यो सत्य कुराबारे बहस गर्न नखोजेको समेत उनले टिप्पणी गरे ।

अभियन्ता बस्नेतले गत साउन २ गते सोमबारदेखि सुर्खेतदेखि पशुपतिनाथ मन्दिरसम्म ५११ कि. मि. आफुले २५ दिनसम्म खालि खुट्टा पैदलयात्रा गरेर काठमाडौं आइपुगेको जानकारी दिए । उनले गत साउन २६ गते पशुपतिनाथ मन्दिर पुगेर यात्रा विसर्जन गरेको सुनाए ।