२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घले प्रदेशको अधिकार खोस्न मिल्दैन: सामान्य प्रशासन मन्त्री श्रेष्ठ



अ+ अ-

कर्णाली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानले दिएको प्रदेशको अधिकार सङ्घले खोस्न नमिल्ने बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज सुर्खेतमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तक्र्रियामा उहाँले संविधानबमोजिम बहुमत प्रदेशले निर्णय नगरेसम्म सङ्घले अधिकार खोस्न नसक्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले वित्तीय सङ्घीयता स्थानीय तहसम्म पुग्न नसक्नु, सङ्घीय निजामती सेवा ऐन नबन्दा र प्रदेशले आफ्नो अधिकार क्षेत्रको कानून निर्माण नगर्दा सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना भएको बताउनुभयो ।

“सङ्घले अधिकार दिएन भन्ने गुनासोको ध्यानाकर्षण भएको छ, सङ्घीय निजामती सेवा ऐन बनेपछि कर्मचारी व्यवस्थापनका धेरै जटिलता हल हुनेछन्”, उहाँले भन्नुभयो, “सैद्धान्तिक सहमति लिएर विधेयक मस्यौदा भइरहेको छ, मस्यौदामा प्रदेशका प्रमुख सचिवमात्र सङ्घको प्रतिनिधि खटाउने प्रस्ताव गरिएको छ, अहिलेजस्तो सचिव, प्रमुख प्रशासकीय अधिकृत सङ्घले खटाउँदैन ।” उहाँका अनुसार उक्त ऐन बनेपछि प्रदेश सरकारले नै सचिव, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीको नियुक्ति, सरुवा बढुवालगायतका काम गर्न पाउनेछ ।

त्यसका लागि प्रदेश निजामती ऐन निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले तीन तहका सरकारबीचको आपसी सहकार्य, सहअस्तित्व र सहकारिताबाटै सङ्घीयता संस्थागत हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तीन वटै सरकारको समान अस्तित्व छ, सङ्घको मातहतमा प्रदेश र स्थानीय तह होइनन्, प्रदेशलाई सङ्घको प्रशासनिक एकाइको रूपमा बुझ्न भएन ।” अन्तक्र्रियामा संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयताबिना समावेशी लोकतन्त्र सुदृढ नहुने टिप्पणी गर्नुभयो ।

कुनै एक सरकारलाई मात्र गाली गरेर सङ्घीय प्रणाली सफल नहुने भन्दै उहाँले सङ्घीयताको संस्थागत विकासका लागि तीन वटै तहका सरकार, जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राख्नुभयो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले संविधानको अनुसूचीमा उल्लिखित अधिकार सङ्घले नदिएको गुनासो गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका पूर्वप्रमुख बालाराम शर्माले प्रदेशमा मन्त्रीको सङ्ख्या बढी हुँदा प्रशासनिक खर्च बढेको र जनस्तरमा व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएकाले समयमै सजग बन्नुपर्ने बताउनुभयो । अन्तक्र्रियामा स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी अभावका कारण स्थानीय तह सञ्चालनमा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।