११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्वः गृहमन्त्री

विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्वः गृहमन्त्री
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताउनुभएको छ ।

सोमवार कानून, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाँणले विधिको शासन र मानव अधिकारलाई सृदृढ बनाउनु साझा दायित्व भएको बताउनुभएको हो ।

उहाँले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘विधिको शासन र मानव अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मुल आधारशिला हो । यसलाई सबल र सुदृढ गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल गराउनु हामी सबैको साझा दायित्व हो । यस सन्दर्भमा सरकार, सरकारका सबै निकायहरु, संसद र मुलुकको सबै निकायहरुको प्रतिवद्धता पनि म व्यक्त गर्न चाहान्छु ।

नेपालमा मानव अधिकारकर्मीहरुको योगदान र भुमिकाको म हार्दिक सह्राना पनि गर्न चाहन्छु । बेला बेलामा हामीहरु कन्जरभेटिभ हुन खोज्दा पनि मानव अधिकारकर्मीहरुले हाम्रो मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै अभ्यासकाप्रति पनि प्रतिवद्धता, सजगता र खबरदारी व्यक्त गरिरहनुभएको छ । नेपालले मानव अधिकारको पक्षमा अन्तर्राष्ट्रिय प्रोटोकलहरुमा पनि दस्तखत गरेको छ । र नेपालको संसदबाट अनुमोदन पनि गरेको छ । त्यसकारणले मानव अधिकारको क्षेत्रमा हामी पारदर्शी र उत्तरदायी रहँदै आएका छौँ ।’

मन्त्री खाँणले मानव अधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरुले खबरदारी गरिरहेको भन्दै मानव अधिकारकर्मीहरुको प्रशंसा गर्नुभयो ।