२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोरोना खोप दोस्रो डोज लगाएका व्यक्तिमा ९० प्रतिशतसम्म प्रभावकारी’



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएका व्यक्तिमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको बताएको छ ।

एक डोज मात्र खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण डोज खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार असार २१ गतेदेखि साउन ३० गतेसम्म देशभरबाट संकलित नमूनाहरु मध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गर्दा उक्त नतिजा आएको हो । 

जसबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरी ६८.६ प्रतिशत नमूनामा कोभिड-१९ एन्टिबडी देखिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।