५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बञ्चरेडाँडामा प्रहरी परिचालन



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध भएपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयवासीको समूहले फोहोर बोकेर बञ्चरेडाँडामा सोमबार बिहानैदेखि अवरोध गरेपछि प्रहरीलाई परिचालन गरिएको हो । अवरोध हटाउन २५० प्रहरी परिचालन गरिएको बताइएको छ ।

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै आइतबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को धादिङको धुनीबेँसी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरेका थिए । राजनीतिक दलहरुको अवरोधकै कारण सोमबार बिहान काठमाडौँबाट गएका कुनै पनि गाडीले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न पाएका छैनन ।