५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल, ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय



अ+ अ-

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्नसक्ने चुनौतिबारे छलफल गरेपछि केन्द्रीय कमाण्ड पोष्ट बनाउने निर्णय गरिएको हो । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको समिति बैठकमा निर्वाचन व्यवस्थापन, तयारी, निर्वाचन सुरक्षा योजना र सुरक्षा जनशक्ति परिचालनका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

उक्त बैठकले गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने पनि निर्णय गरेको छ ।सहसचिव पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाउने निर्णय गरिएको बैठकमा निर्वाचन सम्पन्न गर्न आइपर्न सक्ने चुनौति र त्यसलाई सम्बोधन गरी समाधान गर्ने उपायका विषयमा विस्तृत रुपमा छलफल भएको थियो । बैठकले प्रत्येक प्रदेशका लागि सम्पर्क तथा समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल बनाउने भएको छ ।

प्रदेशस्तरमा कमाण्ड पोष्ट र प्रदेश निर्वाचन सेल तथा जिल्लास्तरमा जिल्ला कमाण्ड पोष्ट र जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा आवश्यकताअनुसार सांगठनिक निर्वाचन सेल बनाउन सक्ने सुझाव दिएको छ ।

बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी हुनुहुन्थ्यो ।




भर्खरै