११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सांस्कृतिक सम्पदाको खोजी र प्रकाशनका लागि प्रधानमन्त्रीको आग्रह

सांस्कृतिक सम्पदाको खोजी र प्रकाशनका लागि प्रधानमन्त्रीको आग्रह
file
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनु आवश्यक रहेको बताउनुभएको हो । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कुनै पनि देशको विकास भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताउनुभयो । उहाँले कला, संस्कृति, इतिहास, दर्शन र साहित्यको संरक्षण तथा प्रवद्र्धन भएमा मुलुकलाई विश्व समुदायले पहिचान दिने स्पष्ट गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानले नेपालको कला, साहित्य र संस्कृतिलाई देश विदेशमा चिनाउन महत्वपूर्ण योगदान दिएको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मित्रराष्ट्रका प्राज्ञिक निकायसँगको साहित्यिक एवं प्राज्ञिक क्षेत्रमा सहकार्य र सांस्कृतिक आदानप्रदानका लागि सम्झौता गरेकोमा प्रतिष्ठानको नेतृत्वलाई धन्यवाद दिँनुभयो । उहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाउनुभयो ।

उहाँले प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्ग्रहालयको चाँडै उद्घाटन गर्न लागिएकामा खुसी व्यक्त गर्नुभयो । सो क्रममा सरकारबाट हुने सहयोग र सद्भावका लागि आफू तत्पर रहेको प्रधानमन्त्री देउवाले विश्वास दिलाउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को शुभारम्भ गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पूर्ण साहित्यकारका बीचमा प्राज्ञिक नेतृत्व प्रदान गरी नेपालको गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन प्रतिष्ठानले प्रशंसनीय काम गरेको बताउनुभयो । मन्त्री श्रेष्ठले दक्षिण एसियाली मुलुक र अन्य केही मुलुकसँग दौत्य सम्बन्ध कायम गरेर अनुवाद साथै आदानप्रदानका अन्य काम गरेर नेपाली साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय विस्तारमा प्रतिष्ठानले अनुकरणीय काम गरेको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यिक क्षेत्रका महत्वपूर्ण योजना सञ्चालनका लागि सरकारबाट बजेट वृद्धि हुनुपर्ने माग गर्नुभयो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल, पूर्व कुलपति वैरागी काँइला, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

विसं २०१४ असार ९ गते नेपालको भाषा, साहित्य, कला, संस्कृति, दर्शन र सामाजिकशास्त्र, विज्ञान–प्रविधिको अध्ययन, अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्राज्ञिक विचार–गोष्ठी, कार्यशाला÷सम्मेलन आयोजना, नेपाल र मित्रराष्ट्रका प्राज्ञिक संस्थासँग भाइचारा सम्बन्ध कायम गरी प्राज्ञिक आदानप्रदान गर्ने उद्येश्यले प्रतिष्ठानको स्थापना भएको हो । नेपालको प्राज्ञिक गौरवलाई अध्ययन, अनुसन्धान, अनुवाद र प्रकाशनका माध्यमबाट विश्वव्यापी फैलाउने, विश्वको आधुनिक ज्ञान–विज्ञान र परम्परासँग सम्बन्धित प्रविधि नेपालमा भित्र्याउने प्रतिष्ठानको लक्ष्य छ ।

सुरुमा नेपाली साहित्य कला एकेडेमीका नाममा स्थापना भएको यो समय क्रममा ‘नेपाल एकेडेमी’, ‘रोयल नेपाल एकेडेमी’ र ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’ हुँदै विसं २०२६ मा कानुनी मान्यता पाएकोे थियो । गणतन्त्रको स्थापनासँगै साविक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत–नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था गरिएको थियो ।