६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा



अ+ अ-

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागका निर्देशक डा। लोकनाथ भुषालले भने, “सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्नेछन् ।”

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ । जसअन्तर्गत प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने परीक्षाहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुतीर्ण भई पुनः सहभागी हुन बाँकी परीक्षार्थी तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरुको लागि परीक्षा सञ्चालन हुनेछ ।

विभागबाट जानकारी प्राप्त भएको र कार्यालयले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्ने बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा का सूचना अधिकरी राजु अर्यालले बताए । विभाग अन्तर्गत १९ वटा यातायात सेवा कार्यालयहरुबाट सेवा प्रवाह हुँदै आएको छ । गत वैशाख १४ देखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा खुलाउन जनस्वास्थ्यको मापदण्ड पूरा गरी प्रगोगात्मक परीक्षा गर्ने विषयमा भदौ पहिलो साता कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० र विभागबीच छलफल भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।