२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।

आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिनुभएको थियो ।

गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक सङ्ख्या अपुग भएको हो ।