२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर करिब पाँच हजार घर डुबानमा, तीनको मृत्यु



अ+ अ-

काठमाडौं । भदौरे झरीका कारण पछिल्ला तीन दिनमा नौ जनाको मृत्यु भएको छ । मनसुनी विपत्बाट देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले निरन्तरको वर्षात्ले सप्तकोसीको बहाव बढेर खतराको बिन्दुमा पुगेको जानकारी आएपछि उदयपुर र सप्तरीका सुरक्षा अधिकारीहरूसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ । 

मन्त्री खाँणले आइतबार साँझ उदयपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीराम सेढाईं, नेपाल प्रहरीका उपरीक्षक र सशस्त्र प्रहरीका उपरीक्षक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग टेलिफोन संवाद गरेर कोसी नदीको कटान र बहावबारे जानकारी लिनुभएको हो । उहाँले नागरिकलाई सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर भए पनि लैजान निर्देशन दिनुभयो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा नौ जनाको मृत्यु, चार जना बेपत्ता र पाँच जना घाइते भएका छन् । बाढीपहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुका साथै ७५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार देशका विभिन्न भागमा जारी वर्षाले धनजनको ठूलो नोक्सानी पु¥याएको छ । घर भत्किएर काभ्रे, सुर्खेत र पाल्पा गरी आइतबार तीन जनाको मृत्यु भएको छ, अन्य दुई जना घाइते भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार भदौ १५ गतेसम्म वर्षाको सम्भावना रहेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका पहाडी र समथर भूभागका दर्जनभन्दा बढी सडक अवरुद्ध छन् । तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् । यस पटक तराईको जनजीवन बढी प्रभावित बनेको छ ।

नवलपरासी पूर्व, कैलाली, काभ्रे, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, सुर्खेत र उदयपुरका विभिन्न स्थानमा पहिरो गएको छ । तराई भएर बग्ने ठूला नदीहरू सप्तकोसी र नारायणीले सतर्कताको तह पार गरेपछि उच्च जोखिम बढाएको छ । रौतहट, सर्लाही, सिरहा, धनुषा, बाँके, कैलाली, दाङ, रुपन्देही, झापालगायतका जिल्लामा डुबानले समस्या पारेको छ ।

यता रुपन्देहीमा पनि बाढीको प्रकोप उच्च छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार बिहीबारदेखि यता बाढी र वर्षे पानीले ९५० घर डुबानमा परेका छन् । विभिन्न स्थानका ३६ वटा घरमा पूर्ण क्षति भएको छ । हालसम्म बाढीले तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बाढीपहिरो र डुबानको तीनथरि विपत् कारण स्थानीयवासीले सास्ती खेप्नु परेको बताउनुभयो । उहाँका अनुसार नदीमा बाढी र पहाडमा पहिरोले सुरक्षा जोखिम बढाएको छ । हुप्सेकोटको विभिन्न बस्ती पहिरोले थिलथिलो बनाएको छ । सोही स्थानको तल्लो गाउँमा पहिरोको जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

शुक्रबार पहिरोले तीन जनाको ज्यान गएको थियो । डेढगाउँमा दुई स्थानमा, बाणथर र रुचाङमा पनि पहिरोको जोखिम बढेपछि स्थानीयवासी विस्थापित भएका छन् । देवचुलीमा बाढीले क्षति पु¥याएको छ । कावासोती–४ मा पनि पहिरोले घर पुर्न थालेपछि स्थानीयवासीलाई अन्यत्र सारिएको छ । डुबानले अस्तव्यस्त सडक शनिबार रातिदेखि खुले पनि आइतबार डाइभर्सनबाटै खोला पसेपछि पुनः सडक अवरुद्ध भएको प्रजिअ पङ्गेनीले बताउनुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।