४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जवानीमा अपराध, बुढेसकालमा जेल



अ+ अ-

काठमाडौं । २०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्यो। थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१ वर्षका थिए। 

२०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो। जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो। २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर गर्यो। अर्थात चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे। त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो। ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परे। ८७ वर्षको गलेको शरीर लिएर चौधरी जेल पुगेका छन्।

चाउरिएको अनुहार, खोपिल्टा परिसकेका गाला, गाडिएका आँखा र अधिकांश दाँत झरिसकेका चौधरीलाई सुताउन र उठाउनसमेत सहारा चाहिन्छ। तत्कालीन विराटनगर–४ (हाल विराटनगर महानगरपालिका) का धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो।

धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो। धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो। अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनाएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।