२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो नाममा बन्ने फिल्म खेल्न राजेश हमालद्वारा अस्वीकार



अ+ अ-

काठमाडौं । अभिनेतना राजेश हमालले आफ्नै नाममा निर्माण हुँदै गरेको चलचित्र ‘म राजेश हमाल’मा काम नगर्ने भएका छन् । यो चलचित्रमा सुरुमा अभिनेता हमाललाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो । त्यो भूमिकालाई अभिनेता हमालले स्वीकार गरेनन् । उनलाई फेरि यो चलचित्रमा अतिथि भूमिकामा प्रस्ताव गरियो । त्यो भूमिकालाई पनि अभिनेता हमालले अस्वीकार गरेका छन् ।

आफ्नो नाममा चलचित्र निर्माण हुनु खुसीको कुरा भएको यी अभिनेताको कथन छ । तर, आफू अर्को चलचित्रमा आबद्ध भएका कारण यो चलचित्रमा काम गर्ने समय नमिलेको उनले स्पष्ट पारेका छन् ।

अभिनेता हमालका अनुसार उनी नयाँ चलचित्र सत्यम्मा अनुबन्धित भएका छन् । यो चलचित्रको छायांकन चाँडै हुँदै छ । सो चलचित्रमा आफू मुख्य भूमिकामा रहने भएकाले पनि आफू अतिथि भूमिकामा जोडिन नचाहेको पनि यी अभिनेताले स्पष्ट पारेका छन् । यो चलचित्रको नाम म राजेश हमाल भए पनि चलचित्र अभिनेता राजेश हमालको जीवनीमा आधारित नरहेको निर्माण पक्षले स्पष्ट पारेको छ । राजधानी दैनिकमा खबर छ ।