६ श्रावण २०८३, बुधबार
,
Latest
श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै संघीय सरकारविरुद्ध धर्ना बसेका छन् । संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै उनीहरु आइतबारदेखि धर्ना बसेका हुन् । मुख्यमन्त्री लालबहादुर राउतको नेतृत्वमा मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङ्गणभित्र उनीहरु धर्नामा बसेका हुन् । धर्नामा मुख्यमन्त्री राउतसागै भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा रहेका छन् ।

प्रदेश सरकारहरुले प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई आग्रह गर्दै आएका छन् । यस सम्बन्धमा मधेश प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट गरेर प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको थियो । प्रहरी समायोजन नगरे आन्दोलनको अल्टिमेटम दिएर ज्ञापनपत्र पठाउँदा समेत संघीय सरकारले ध्यान नदिएको भन्दै प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनअन्तर्गत धर्ना कार्यक्रम आइतबारदेखि एक सातासम्म दैनिक दुई घण्टा हुनेछ । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले शनिबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । एक साताभित्र पनि प्रहरी समायोजन नभए अर्को चरणको कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।