२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निहारिकाको माग अनुसार डीएनए टेस्टमा सरकार किन डरायो ?- निरुदेवी पाल



अ+ अ-

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपूतको बच्चाको डीएनए टेस्टमा सरकार किन डराइरहेको छ ? भनी प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पालले निहारिकाले अभियुक्त शिवराज श्रेष्ठसँगको डीएनए टेस्टको माग गरिरहदा सरकार तयार नहुनुमा पनि खोट रहेको आशंका गरेकी छन् ।

सामाजिक सञ्जालमा आएका प्रमाणहरू को दोषी भन्ने प्रमाणित भइसक्दा पनि उनको मागअनुसार डीएनए परीक्षण नहुनु दु:खद रहेको उनले बताइन् ।‘नारीको अस्मितालाई खेलौनाका रूपमा हेरिरहेको यो समाजमा हिम्मत गरेर अगाडि बढिरहेकी छन् निहारिका राजपूत,’ उनले भनिन्, ‘आफूमाथि भएको बलात्कार र बलात्कारबाट जन्मिएको सन्तानको न्यायका लागि पटकपटक अनशनसँगै र आत्महत्याको प्रयाससमेत भएको छ । सामाजिक सञ्जालमा आएका प्रमाणहरूले जनताले समेत अन्याय भएको थाहा पाइरहँदा अदालतले समेत न्याय नदिने यो कस्तो विडम्बना ?’

सांसद पालले परमादेशबाट आएको सरकारले जनताको आवाज नसुन्ने भन्दै सरकारको कटाक्ष गरेकि छिन् ।