२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजी अपराध नियन्त्रण गर्न एक महिने कार्यादेशसहित गृहमन्त्रालयद्वारा कार्यदल गठन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मिटरब्याजी अपराध नियन्त्रण गर्न गृहमन्त्रालयले एक कार्यदल गठन गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सचिवलाई बोलाएर मिटरब्याजीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको थियो ।

उहाँले मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहलकदमी लिन निर्देशन दिएको बताइएको छ ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृहमन्त्री खाणले मन्त्रिस्तरीय निर्णय गरी कार्यदल गठन गर्नुभएको हो । कार्यदलमा गृह मन्त्रालयका सहसचिव डा भीष्म भुसालको संयोजक रहनुभएको छ । छ सदस्यीय कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहनुभएको छ ।

एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको सो कार्यदलको सदस्यसचिवमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का रहनुभएको छ ।

कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरेर समस्याका कारण र समाधानका उपायहरू पहिचान गर्ने कार्यादेश दिइएको छ । त्यस्तै मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेश गर्नेलगायतका कार्यादेश पनि दिइएको बताइएको छ ।




भर्खरै