२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज जनैपूर्णिमा, मन्दिरहरुमा भक्तजनको भीड (फोटोफिचर)



अ+ अ-

आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज बिहानैबाट यज्ञोपवित एवं रक्षाबन्धन गरेर जनैपूर्णिमा मनाइरहिएको छ ।

आज दिनभर नै रक्षाबन्धन र जनै लगाउने गरिन्छ । आज विहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं रक्षासूत्र बाध्ने गर्दछन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी कवचको रुपमा घेरेर राख्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिएका, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन वद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षमा चल मा चल’ भन्ने मन्त्रसहित रक्षासूत्र बाँध्ने वैदिक परम्परा रहेको छ ।

साथै राजा बली घमण्ड तोड्नका लागि भगवान विष्णुले वामनको रुप लिएको र भिक्षा माग्दा बलीले आफूसँगै बस्नुपर्ने वाचासहित आफ्नो शिरमा अन्तिम पाउ राख्न लगाएको पौराणिक कथा छ ।

लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाएपनि आफ्नो श्रीमान विष्णुलाई आफूसँग ल्याउन पाएको र संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि रहेको र त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दु ग्रन्थहरुमा उल्लेख छ ।