४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनजन्य विपत्तिको पूर्वसूचना कति भरपर्दो ?



अ+ अ-

काठमाडौं । पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिको रुपमा सन् २००० मै विश्वका विकसित देशहरुले राडार र प्रेसर बब्लर सेन्सरको प्रयोग गर्न थालेका थिए । सन् २००५ मा जापानमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनले बाढी प्रभावित देशहरुलाई बाढीको पूर्वसूचनाको प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न राडर र बब्लर सेन्सरको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखि नेपालमा पनि यो प्रविधिको प्रयोग हुन थालेको हो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बाढी सम्बन्धि पूर्वसूचना भरपर्दो रहेको दाबी गर्छन् । “हामीले ३ दिनसम्मको पूर्वानुमान गर्दै आएका छौं, बाढी सम्बन्धि पूर्वसूचना एसएमएसमार्फत प्रभावित हुने समुदायलाई पठाउँछौ, यसले पछिल्लो समय मृत्युदर पनि घटाएको छ,” उनले भने, “तराइका ठूला नदीमा आधारित पूर्वसूचना प्रणाली जडान भए पनि अझै धेरै नदीहरुमा जडान गर्नुपर्ने छ, ६ हजार नदी नाला छन् , बिस्तारै पहाडमा केन्द्रित हुने छौं ।”

जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिएर मानविय क्षति कम गराउन सक्रिय देखिएको छ । हाल प्रयोग भइरहेका राडार सेन्सर र बब्लर सेन्सर स्वचालित रुपमा सञ्चालन हुने र समयमा नै बाढीको पूर्वसूचना दिन यो प्रविधि प्रभावकारी छ ।

जलवायु तथा विपत व्यवस्थापनविद् डा. धर्म उप्रेतीले बाढी पहिरो जस्ता मुख्य मनसुनजन्य बिपत्ति सम्बन्धि पर्वसुचना बिस्तार गर्न सकेमा वर्षेनी हुने धनजनको क्षति न्यूनिकरण गर्न सहयोग पुग्ने बताउँछन् । “बाढीका पूर्वसूचना पनि सबै ठाउँमा दिन सकेका छैनौ, सबै खोलहरुको पनि पूर्वसुचना दिन आवश्यक छ र पहिरो सम्बन्धी पनि पूर्वसूचना बिकास गर्न आवश्यकम छ,” उनले भने, “समुदायमा आधारित सूचना प्रणालीलाई राष्ट्रिय स्तरमा पुर्याउनुपर्छ र स्थानीय तहलाई पनि सबल बनाउन आवश्यक छ ।” 

यो समाचार आजको कारोबार दैनिकमा छ ।