२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप एक करोड मात्रा खोप ल्याउन पहल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताउनुभएको छ । त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उहाँले बताउनुभयो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिक कार्यक्रममा सोमबार सम्बोधन गर्दै उहाँले प्रसूतिसम्बन्धी एकमात्र सरकारी अस्पताल भएकाले यो अस्पतालको सेवा अझै विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

प्रसूति भएका कुनै पनि उमेर समूूहका महिलालाई तुरुन्तै खोप लगाउने व्यवस्था गरिने बताउँदै राज्यमन्त्री श्रेष्ठले प्रसूति अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । अस्पताललाई सुविधासम्पन्न बनाउन मन्त्रालय लागिपरेको जानकारी उहाँले गराउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका अस्पतालहरूको विकासका लागि महानगरले सहयोग गर्ने बताउनुभयो ।
 
अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको जानकारी उहाँले दिनुभयो । उक्त कार्यक्रममा स्वास्थ्यसचिव डा. रोशन पोखरेलले प्रसूति अस्पतालमा सात सय शया थप गरिने बताउनुभयो ।

अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्राले ‘ह्युमन मिल्क बैङ्क’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया सुरु गरिने बताउनुभयो । उहाँले अस्पतालमा प्रत्येक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिने गरेको बताउनुभयो ।