२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार प्रहरीका नेपाली श्रमिक लैजाने मागपत्रको प्रमाणीकरण सुरु



अ+ अ-

काठमाडौं । कतारको प्रहरीका लागि नेपाली श्रमिक लैजाने प्रक्रिया सुरु भएको छ। कतारस्थित नेपाली दूतावासले कतार प्रहरीका नेपाली  श्रमिक  लैजाने  मागपत्रको प्रमाणीकरण सुरु गरेको हो ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दूतावासलाई   मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको हो। दूतावासका अनुसार काठमाडौँको  लाजिम्पाटमा रहेको अल  ताक्वेत  ओभरसिज नेपाल प्रालिबाट पेस भएका २०० जनाको मागपत्र   दूतावासले प्रमाणीकरण गरेको छ।

उक्त फाइल आइतबार नै  अनलाइनमार्फत  ताहाचलस्थित वैदेशिक   रोजगार   कार्यालयमा प्राप्त भएपछि ताहाचल कार्यालयले विज्ञापन  प्रकाशन  गर्नुपूर्व  स्वीकृति दिएको जनाएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।