२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त



अ+ अ-

काठमाडौं । छिमेकी राष्ट्र भारतका राष्ट्रिय टिमका पूर्व अलराउण्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रभाकरले भारतका लागि ३९ टेष्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलि सकेका छन् ।

क्यानले प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरिएको जनाएको छ । मनोज प्रभाकर केही दिन भित्रै नेपाल आउने र प्रशिक्षण सुरु गर्ने क्यानले जनाएको छ ।

स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केलगत्तै श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका थिए । उनले नेपाल छाडेलगत्तै नेपाल प्रशिक्षकविहीन थियो ।

प्रभाकरले यसअघि अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । भारतमा रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसिएसनको प्रशिक्षकका रुपमा प्रभाकरले काम गरिसकेको क्यानले बताएको छ ।

प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु’, उनले भनेका छन् ।

प्रभाकरले एक दशक भन्दा बढी समय भारतको राष्ट्रिय टिमका लागि खेलिसकेका छन् । सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्ड विरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्युजिल्याण्ड विरुद्ध अन्तिम टेष्ट खेलेका थिए । उनले १९८४ कै अप्रिलमा श्रीलंका विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

खासगरी, नेपाली क्रिकेटको बलिङको तुलनामा ब्याटिङ पक्ष कमजोर रहेकाले त्यसमा सुधार ल्याउनु पर्ने चुनाैती प्रभाकरमाथि छ । कतिपयले ब्याटिङ नै कमजोर रहेको अवस्थामा भारतीय बलरलाइ प्रशिक्षक नियुक्त गर्दा निकै जोखिम रहेको बताएका छन् ।

यद्यपी, उनले छिमेकी भारतीय क्लबहरूसँग नेपाली टिमलाइ खेलाउन सके ब्याटिङमा सुधार ल्याउन मद्दत पुग्ने अनुमान पनि केहीले गरेका छन् ।