७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५४३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार १२७ पुगेको छ । 

एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ७० रहेको छ । पछिल्लो समय थप ४०९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार ५८२ पुगेको छ । निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ । त्यसैगरी पछिल्लो समय आठ हजार ७२९ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५९२ रहेको छ । अहिले होमआइसोलेशनमा तीन हजार ५३५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६० आइसीयूमा २७ र भेन्टिलेटरमा छ जनाले उपचार गराइरहेका छन् ।