खलङ्गा । जुम्लाको सदरमुकाम खलङ्गा बजारबाट चल्ने छोटो दूरीका सवारी साधनलाई यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक कार्यालय जुम्लाको संयुक्त टोली जाँच गरेका छन्।
पछिल्लो समय यहाँबाट चल्ने सवारी साधनले जथाभावी भाडा लिने गरेको जनगुनासो बढेपछि जाँच कडाइ गरिएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।