२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनालसहित ६ जनाको सनाखत अवैधः एमाले



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले झलनाथ खनालसहित ६ जनाले पार्टी विभाजनमा गरेको सनाखत अवैध रहेको दाबी गरेको छ ।

एकीकृत समाजवादीलाई छुट्टै दलको मान्यता दिने आयोग निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको एमालेले दल दर्ता गर्दा झलनाथ खनालको हस्ताक्षर नभएको भन्दै हस्ताक्षर नै नभएका व्यक्तिको सनाखत गर्नु कानूनविपरीत रहेको बताएको छ ।

आयोगले नै शुरू निवेदनमा नाम नभएको कारणले सनाखन नगराएको भन्दै एमालेले शुरू निवेदनमा नाम नहुनु र शुरू निवेदनमा हस्ताक्षर नहुनुमा कुनै फरक नभएको तर्क गरेको छ ।

यसै आधारलाई टेकेर प्रदीप नेपाल, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत यादव , रविन्द्र वैठा धोवी र खगेन्द्र चुडालको समेत सनाखत कानूनसम्मत नभएको उक्त रिटमा एमालेको जिकिर छ।