२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशीको बाँध फुटेपछि स्थानीयहरुको बिचल्ली (फोटोफिचर/भिडियो)



file photo
अ+ अ-

सुनसरी । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरु प्रभावित भएका छन् ।

सप्कोशी नदीको बाँध फुटेर बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका १,२,३,८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ । बुधवार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा शतर्कता अपनाइएको छ ।

बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करिव २० हजार मानिस प्रभावित हुनसक्ने आँकलन गरिएको छ । नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयहरुको भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीयहरु आफ्ना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन् । गाउँ डुबिनसकेपनि सरकारले डुब्नसक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको स्थानीयहरु बताउँछन् ।

पानीको मात्रा बढीरहेकोले वस्तुभाउ छोडेर निस्किएको स्थानीयहरुले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् । पूर्वी नेपालमा अविरल वर्षाका कारण पानीको सतह झनै बढ्दै गएकोले जोखिम अझै बढ्नसक्ने अनुमान छ । पानीको सतह बढ्दै गए चार हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप शतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।

नदी कटानले कोशीको बहाव गाँउतिर पसेको स्थानीयहरु बताउँछन् । बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएरातिबाट सप्तकोशीको भंगालो पसेको त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ । सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरिसकेको छ भने प्रभावित बासिन्दाको सुरक्षा र उद्धार कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ । सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्नसक्ने अनुमान छ ।