२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ वर्षपछि पुरानै धारमा सप्तकोसी



अ+ अ-

काठमाडौँ । लगातार दुई दिनसम्म परेको अविरल वर्षासँगै सप्तकोसी आफ्नो पुरानो धारमा फर्किएको छ । अविरल वर्षाले तटबन्ध भत्काएपछि ३४ वर्षपछि सप्तकोसी पुरानै धारमा फर्किएको हो । पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी अहिले पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ ।

विसं २०४५ मा कोसी बगेकै ठाउँमा अहिले फेरि कोसी पसेको हो । उदयपुरको बेलका नगरपालिका–८ को सिसौली बस्ती, वडा नं ९ को रंगशाला क्षेत्र, वडा नं ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर र जालपा लगायतका क्षेत्रमा कोसी पसेको छ । ३४ वर्षअघि पनि यो क्षेत्रमा कोसी पसेको थियो । अहिले ती क्षेत्रमा मानव बस्ती छन् ।

सप्तकोसीले धार परिवर्तन गरेसँगै बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी र सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नं ६ र ७ बढी प्रभावित भएका छन् ।