२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउँछु: मन्त्री कुँवर



File Photo
अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने बताउनुभएको छ ।

निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवं् ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार गम्भीर भएर लाग्ने बताउनुभएको हो ।

“वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगारीको क्षेत्रमा भएका विविध समस्या समाधानका लागि गैर आवासीय नेपाली सङ्घले खेलेको भूमिका प्रशंसनीय भएको उहाँको भनाइ छ ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताउनुभयो । एनआरएनएका अध्यक्ष कूल आचार्यले भर्खरै संसद्बाट पारित भएको नागरिकता विद्येयक राष्ट्रको हितमा भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकता विद्येयकले एनआरएनएमा थप उत्साह थपेको बताउनुभयो ।

अध्यक्ष आचार्यले विभिन्न देशसँग संवाद गरी विदेशमा काम गर्ने नेपालीले आर्जन गरेको रकमको केही हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत नेपाली साथै मुलुकको विकासमा टेवा पुग्ने स्पष्ट पार्नुभयो । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गर्नुभयो ।