२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति



अ+ अ-

ब्राजिलिया । ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ ।

सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन ।

ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भएपनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

उहाँलाई क्यान्सर लगायतका अन्य गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरूको भनाई छ ।

मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तर ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो ।

मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरूले त्यस प्रदेशमा मात्रै ४४ जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ । अरु १३० जनामा त्यसको शंका गरिएको पनि उनीहरूको भनाई छ ।