८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

बागलुङ्ग कालिका मन्दिरको पार्किङ्ग शुल्क बापतको रकम मानवसेवा आश्रमलाई

बागलुङ्ग कालिका मन्दिरको पार्किङ्ग शुल्क बापतको रकम मानवसेवा आश्रमलाई
अ+ अ-

बागलुङ्ग । जिल्लाको प्रतिष्ठित कालिका मन्दिरको परिसरमा रहेको पार्किङ्गबाट प्राप्त हुने रकम मानवसेवा आश्रमले सदुपयोग गर्ने भएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समिति र मानवसेवा आश्रमबीच मन्दिर परिसरमा रहेको पार्किङ्गलाई व्यवस्थित बनाइ त्यसबाट प्राप्त रकम मानवसेवा आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी बेसहारा सडकमानवहरूको व्यवस्थापनका लागि प्रयोग गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा कालिका भगवती गुठी व्यवस्थापन समितिको तर्फबाट समितिका अध्यक्ष कुमार खड्का र मानव सेवा आश्रमका तर्फबाट संस्थाका बागलुङ्ग जिल्ला संयोजक बिपना तामाङ्गले हस्ताक्षर गरेका छन् ।

यस कार्यका लागि समितिले जग्गा उपलब्ध गराउने छ । मानवसेवा आश्रमले सम्पूर्ण व्यवस्थापकीय कर्तब्य पुरा गर्नेछ ।

समितिले पार्किङ्ग शुल्क समेत निर्धारण गरेको छ । दुई पांग्रे साधनको लागि रु. ५, माइक्रो, कार, जिप, भ्यानको लागि रु. १० र बसको लागि रु. २० निर्धारण भएको छ ।

मानवसेवा आश्रमले आजको दिनमा सातै प्रदेशको १९ जिल्लामा शाखा विस्तार गरि देशैभरि रहेका सहयोगापेक्षी सडक मानवहरूको व्यवस्थापन गर्दै आएको छ । आश्रमको संरक्षणमा १५०० जना व्यक्तिहरू आश्रित छन् । बागलुङ्ग जिल्लामा भने २०७३ सालदेखि शाखा संचालन गरेर सेवा प्रवाह गरिरहेको छ ।