८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घ काठमाडौँलाई तीन लाख सहयोग



अ+ अ-

काठमाडौं । दिवङ्गत पत्रकार एमडी कुलुङको परिवारले नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखालाई रु तीन लाख सहयोग गरेको छ ।

विभिन्न देशमा रहेका नेपालीबाट आर्थिक सहयोग सङ्कलन गरी दिवङ्गत पत्रकार मुलुङको नामबाट महासङ्घलाई चेक हस्तान्तरण गरिएको पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभयो ।

सो रकम अक्षय कोषमा राखी एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार नामकरण गरी वार्षिक तीन पत्रकार (एक फोटो पत्रकार र दुई खोजमूलक पत्रकारिता गर्ने पत्रकार)लाई हरेक वर्ष पुरस्कार वितरण गरिने उहाँले बताउनुभयो ।

निश्चित मापदण्ड बनाएर निष्पक्षरुपमा पुरस्कार प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । दिवङ्गत पत्रकार कुलुङकी श्रीमती विष्णुकुमारी लिम्बू, पूर्वविद्यार्थी नेता थोमस बाँस्तोला र महासङ्घ काठमाडौँ शाखाका पूर्वसचिव भुपराज खड्काको सक्रियतामा सो रकम सङ्कलन गरिएको हो ।