७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध कुटपिट आरोपमा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरिएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दायर गरेका हुन् ।

तामाङले दुवैजनालाई कानूनबमोजिमको सजायको माग गरेका छन् । माफी माग्ने बेलामा पटकपटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि बाध्य भएर मुद्दा दर्ता गर्नुपरेको तामाङले उजुरीमा उल्लेख गरेका छन् ।

उनले मिरुनालाई फिल्म प्राविधिक ठकुरीले उक्साएको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको बताएका छन् । गत जेठ १५ गते काठमाडौँ को सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई दुर्व्यवहार गरेको भन्दै तामाङलाई थप्पड हानेकी थिइन् ।

त्यसपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध नै प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि फिल्मसम्बद्ध पक्ष र बौद्ध समुदायबीच माफी मागेर सहमति भएको थियो ।

तर सहमति भएको एक सातामै मिरुना र फुर्वा फेरि विवादमा उत्रिएका थिए । अहिले मिरुनाले माफी माग्नुपर्ने भन्दै फुर्वाले मुद्दा दायर गरेका हुन् ।