८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा

कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा
फाईल फोटो
अ+ अ-

टीकापुर I हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।

नदीको वहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक मनसुन अवधिभर त्रासमा बाँच्ने गरेका छन् । तीन दिनदेखि मनसुन सक्रिय भएको छ । नदीले कटानसमेत तीव्र पारेपछि यहाँका नागरिक रातिको समयमा राम्ररी निदाउन नसकेको बताउँछन् । टीकापुर–५ का सुन्दर थारुले टीकापुर पार्कको उत्तरतर्फ कर्णाली नदी कटान भइरहेकाले त्रास बढेको बताउनुभयो ।

टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कर्णाली नदीले कटान तीव्र बनाएको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ । कर्णालीले तटबन्ध र स्पर भत्काउन थालेपछि यहाँका नागरिकमा त्रास बढेको टीकापुर–५ बङ्गलापुरका चुनकानु थारुले बताउनुभयो ।

“यहाँ गत वर्षदेखि नै कटान सुरु भएको हो । यस वर्ष पनि कटान भइरहेको छ । अहिलेसम्म १५ फिट कटान भइसकेको छ”, उहाँ भन्नुहुन्छ, “नदीले कटान सुरु गरेपछि आफ्नो गाउँसम्म पनि असर गर्ने भएकाले त्रासमा बस्न बाध्य भएका नुक्लीपुरका बबिता घर्तीमगरले बताउनुभयो । “दैनिक वर्षा भइरहेको छ । नदीमा पानी बढ्यो या ठूलो वर्षा भइरहेको अवस्थामा हामीलाई त निद्रा लाग्दैन, नदी कटानको त्रासले भोक निन्द्रा हराएको छ”, उहाँ भन्नुहुन्छ, “कतिबेला आफ्नो घरसम्म बाढी आउँछ भन्ने डरले सताउन थालेको छ । नदी बस्तीमा पसे गाउँ नै सखाप हुन्छ ।”

कर्मीडाँडाका सिंहराज बुढामगर पनि मनसुनको समयमा बढी वर्षा हुने बित्तिकै निकै चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । “यहाँ पटकपटक कर्णाली नदीको बाढी पसेर क्षति पुगाएको छ”, उहाँ भन्नुहुन्छ, “नदीमा पानीको बहाव बढ्न थालेपछि गाउँका बासिन्दा पटकपटक नदी किनारमा हेर्न जाने गरेर दिन बित्छ । नदीमा पानीको वहाव घटे मन शान्त हुन्छ । बाढी आउने डरले जहिले सताउँछ ।”

नुक्लीपुरका दुजबहादुर दर्लामीमगर भने कटानको जोखिम रहेका ठाउँमा बृहत र समयमै तटबन्ध बनाएको भए बस्ती सुरक्षित हुने बताउनुहुन्छ । “नदीको पानी बस्तीमा पसेपछि नुक्लीपुर र टीकापुर पार्कको त भविश्य नै रहने देखिँदैन”, दर्लामीमगर भन्नुहुन्छ, “नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पानीलाई छेक्न ठूला ठूला स्परसहितको तटबन्ध गरेको छ तर त्यहाँ पनि कटान सुरु भएकाले तटबन्धको स्वरुप परिवर्तन आवश्यक छ । अब तार जाली, ढुङ्गा राखेर गरिने तटबन्धले नदी नियन्त्रण गर्न सकिँदैन ।”

यहाँ नदी कटान भएर बस्ती पसेमा टीकापुरको नुक्लीपुर, बङ्गलापुर, शाहीपुर, सिम्रेनी, टीकापुर पार्कलगायत दक्षिणतर्फका वडा नम्बर ६, ७, ८ र ९ लाई असर पार्ने देखिन्छ । यहाँका नागरिकलाई बर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ । कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टीकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ । यसका साथै रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ ।

कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ । टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विग वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन् । टीकापुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ । वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्सनले काम सम्पन्न गर्न नसकेपछि सिँचाइ आयोजनाले ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का बदर गरेको छ । बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद यस वर्ष नदी कटान ठाउँ ठाउँमा भइरहेकाले थप जोखिम रहेको बताउनुहुन्छ । “समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ”, उहाँले भन्नुभयो, “सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ । कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ । थप जोखिम छ ।”

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ । तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक स्थानमा तटबन्ध भत्काउने गरिरहेका कारण समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताउनुहुन्छ । “हामीले लामो सयमदेखि तटबन्धका कार्य गर्दै आएका छौँ, तटबन्ध बनाएको ठाउँमा नदीले धार परिवर्तन गर्दा तटबन्ध नै भत्काउने गरेको छ”, उहाँले भन्नुभयो, “आयोजनाले दर्जन बढी ठाउँमा नदी नियन्त्रणको काम गरेको छ ।”

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले नदीको त्रासमा आफूहरु पनि रहेको बताउँदै प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफँैले गर्न सक्ने ठाउँमा आफँैले काम गर्ने र नसकिने स्थानमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने योजना बनाएको बताउनुभयो ।

दुर्गा देवकोटा / रासस