८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु

स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु
अ+ अ-

वालिङ । एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवरले बताउनुभयो । एक वर्षको अवधिमा १४ पुरुष, १५ महिला, दुई बालक र दुई बालिका गरी ३३ जना गम्भीर घाइते भएका थिए भने १५ जना मध्यम घाइते भएका ककथिए ।

आव २०७७/७८ मा स्याङ्जामा १६ सवारी साधन दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । विभिन्न दुर्घटनामा १२ पुरुष, दुई महिला, दुई बालकको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते र पाँचजना मध्यम घाइते भएका थिए ।

आव २०७७/७८ मा भन्दा गत आव २०७८/७९ मा २४ धेरैले ज्यान गुमाएका छन् । गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वालिङ–१४ अर्खलवासस्थित ग्रामीण सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

त्यस्तै आव २०७६/७७ मा स्याङ्जामा १५ सवारी साधन दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार पुरुष, तीन महिला र दुई बालबालिका थिए । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा स्याङ्जामा सवारी दुर्घटना, मृत्यु र घाइतेको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।

ग्रामीण भेगमा ट्राफिक प्रहरीको निगरानी पुग्न नसक्नु, यात्रु तथा चालकको लापरबाही, पुराना र मर्मत नगरिएका सवारी साधन, कच्ची र ग्रेडिङ नमिलेका ग्रामीण सडकका कारण पनि दुर्घटनामा वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।

जिल्लामा सवारी साधन दुर्घटना भई अकालमै धेरैको मृत्यु हुन नदिनका लागि ट्राफिक प्रहरीले आव २०७८/७९ मा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी छ सय दुई सचेतना कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख कुँवरले बताउनुभयो । उक्त कार्यक्रममार्फत ४६ हजार ४० जना लाभान्वित भएका कार्यालयले जनाएको छ । आव २०७७/७८ मा पनि चार सय १२ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ३३ हजार सात सय २५ जना लाभान्वित भएको तथ्याङ्क ट्राफिक कार्यालयमा रहेको छ ।