५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगहरुमा नियुक्ति बिरुद्धको रिटकाे सुनुवाई पुन: स्थगित



अ+ अ-

काठमाडौं । सर्बोच्च अदातलको सबैधानिक ईजलासमा संवैधानिक आयोगहरुमा नियुक्ति भएका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ ।

आजबाट निरन्तर सुनुवाई हुने भनिएपनि विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो ।

नियुक्ति विरुद्ध २०७७ पुस १ गते रिट दायर भएको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हाको सबैधानिक ईजलासमा सुनुवाई सुरु भएपछि बिपक्षी बनाईएका तर्फबाट बहस गर्न उपस्थित भएका कानून व्यवासयीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखे ।

उनिहरुको माग पछि सुनुवाइ स्थगित भएको हो । २०७८ मंसिर ३० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेश ल्याएर बिभिन्न सबैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिका लागि सिफारिस भएका थिए ।