५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युट्युुव हेरेर नै ‘ड्रागन खेती’, बजारको छैन चिन्ता (फोटोफिचर) (भिडियोसहित)



अ+ अ-

कञ्चनपुर । पछिल्लो समय ड्रागन फलको बढ्दो बजार माग धान्न व्यवसायीहरुलाई मुस्किल भएको छ ।  केही समय अघिसम्म अधिकांशलाई थाहा नभएको ड्रागन फल अहिले बजारमा उच्च माग आउन थालेको हो । बढ्दो बजार मागका कारण ड्रागन फलको व्यवसायिक सम्भावना पनि त्यत्तिकै बढेको छ । यतिबेला कञ्चनपुरका गोकर्णबहादुर वली ड्रागन खेतीमा नै रमाउन थालेका छन् । सिउँडी जस्तो देखिने ड्रागन फलको बारेमा अझैपनि कतिपय त अनविज्ञ नै छन् । तर देशका मुख्य शहरमा यसको माग पछिल्लो समय अत्याधिक भएको वली बताउँछन् ।

सिउँडी प्रजातिको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा पाइने गर्छ । अहिले नेपालमा पनि यसको व्यवसायीक खेती शुरु भएको छ ।  वलीले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक कैलालीको गोदावरी नगरपालिका तेघरीमा डेढ बिगा जग्गा भाडामा लिएर एक वर्षदेखि यो खेती गरिरहनुभएको छ । उहाँले आफूले युट्युब हेरेर नै ड्रागन खेती गरेको बताउनु भयो ।

वलीले अत्तरियाको तेघरीमा जग्गा भाडामा लिएर २०७७ श्रावणबाट व्यावसायिक रूपमै खेती शुरु गरेको बताउनु भयो । बजारमा ड्रागनको माग धेरै आइरहेपनि पुर्याउन नसकेको गुनासो गर्नुभयो । ड्रागन लगाएको स्थानमा नै आउनेहरुलाई पनि फल नफलिसकेकोले दिन नसकेको बताउनु भयो । उत्पादन भएका फल फार्ममै लिन आउने गरेकोले बजारसम्म पनि पुर्याउन जानु नपरेको बताउनु भयो । शुरुवाती चरणदेखि सिंचमईसम्म गर्दा अहिलेसम्म ३९ लाख रुपैयाँ लगानी भएको उहाँको भनाइ छ । उहाँले एक वर्षमा नै ड्रागन फलेपछि ५ सय केजी बिक्री गरिसकेको बताउनु भयो । ड्रागन फल्न १८ महिनाको समय लाग्ने गरेपनि आफ्नो बारीमा भने त्त वर्षमा नै फलेको बताउनु भयो । खेती बिस्तारका लागि दाङ र सिन्धुलीबाट बिरुवा ल्याएको र डेढ बिगा जग्गामा ३ हजार ५ सय बिरुवा रोपेको बताउनु भयो । ड्रागन खेती भित्र अन्तर बाली लगाएका ओलीले जग्गा भाडा अन्तरबालीबाट नै तिर्ने गरेको बताउनु भयो । आगामी वर्षका लागि ५ हजार ड्रागनको बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले शुरुवाती चरणदेखि अहिले सिंचाईसम्म ३२ लाख लगानी लगाएको छु । दुई जनालाई रोजगारी पनि दिइरहेको छु, अहिले हेर्न र किन्न भनेर धेरै आउनुहुन्छ । सबैलाई यो खेतीको बारेमा जानकारी दिएर पठाउने गरेको छु । लगाएको १८ महिनापछि ड्रागनले उत्पादन दिन शुरु गर्दछ । ३ वर्षसम्म कुरे राम्रो उत्पादन दिन्छ । २०७७ साउनमा लगाएको थिए । केही बोटमा २०७८ असारमै एक वर्ष नपुग्दै फल्न सुरु ग¥यो । खास उत्पादन हुनुपर्ने १८ महिनापछि हो । बोटमा एक दुई दाना फल्यो हामीले प्रतिकेजी ६ सयका दरले ५ क्युन्टल बिक्री गरीसकेकाछौँ, ड्रागनका बिरुवा हुर्किँदै गएका छन् । २०७९ असारमा पूर्ण रूपमा फल दिइसक्छन् ।’

सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक स्थापना भएको गोदावरी ड्रागन फललाई प्रदेश सरकार अन्तरगर्तको कृषि विकास निर्देशनालय डोटीले ५ लाख रकम अनुदान दिएको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताउनु भयो । उहाँले ड्रागन फलको खेती सुदूरपश्चिममा पहिलोपटक गरेको र प्रदेश सरकारले अनुदान दिएको बताउनु भयो । उहाँले कृषि अनुसन्धान टोलीले निरीक्षण गरिरहेको बताउनु भयो । उहाँले उक्त ड्रागन फार्ममा दुई प्रकारको प्रजाति रहेको बताउनु भयो । एउटा बोक्रा गुलावी गुदी सेतो,अर्को बोक्रा गुलावी र गुदी रातो हुने प्रकारको रहेको उल्लेख गर्नुभयो । ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म ड्रागन खेती गर्छु भन्दै उहाँ हामी कहाँ आउनुभयो । हाम्रो टोलीले निरीक्षण गर्यो । सबै ठिक देखेपछि हामीले पनि अनुमान दिएका हौँ, अहिले ड्रागन फ्रुट फार्ममा दुई प्रकारको प्रजातिको छ । एउटा बोक्रा गुलावी गुदी सेतो,अर्को बोक्रा गुलावी र गुदी रातो हुने प्रकारको छ, ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्छ । यसको बजार मूल्य अहिले ६ सयदेखि एक हजारसम्म तोकिएको छ । तर यति महँगो कसैले पनि तिर्न सक्दैन । दुई/चार जनाले खालान्,हामी यसको मूल्य ४०-५० सम्म झार्ने प्रयत्न गरिरहेका छौँ । सबैले आ–आफ्नो बारीमा ८/१० ओटा बिरुवा लगाउँदा बालबालिकाको पोषण पुग्छ, कुनैपनि प्राविधिक सल्लाह र सहयोग आवश्यक परेमा कृषि विकास निर्देशनालय वा मातहतका कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्छु ।’

ड्रागनको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जेठदेखि असोज–कार्तिकसम्म उत्पादन हुन्छ । रोपेको २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ भने यसले २० वर्षसम्म उत्पादन दिने जोशीले बताउनु भयो ।