२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता बिधयेक विरुद्ध राप्रपा नेपाल सम्बद्ध विद्यार्थीको राँके जुलुस



अ+ अ-

काठमाडौं । संसदबाट पास गरिएको नागरिकता बिधयेकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ ।

मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथी गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले बिरोध जनाएका हुन् । अहिले साँझ नागरिकता विधयेकको बुदाँहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित बिपरित भएको बिरोधमा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुले राँके जुलुश प्रदर्शन गरेका छन् ।

नागरिकता संबेदनसिल बिषय भएको मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्वसङ्ग गासिएको बिषय भएको भन्दै विद्यार्थी संगठनले संसदबाट पास गरिएको नागरिकता बिधयेकको बिरोध गरेको संगठनला अध्यक्ष चेतराज सिंहले बताए । बिबाह गर्ना साथ कुनैपनी बिदेशिले तत्काल नागरिकता पाउने नीति संसारमा कहि नभएको भन्दै विद्यार्थी नेताहरुले आक्रोश ब्यक्त गरे ।

सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा बिमति नभएको तर बिदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाढ्ने बिषय अस्वीकार्य भएको नेताहरुले बताएका छन् । सत्ता र स्वार्थ पुर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरुलाई जनताले दण्ड दिनुपर्ने उनिहरुको धारणा छ ।

बिबाह गरेर आएकाहरुलाई समय सिमा नतोकी धमाधम नागरिकता बाढ्न नहुने प्रदर्शनकारिहरुको माग रहेको संगठनका सदस्य सचिब त्रीबिक्रम सिंहले जानकारी दिए । किर्तिपुर क्षेत्रमा राँके जुलुस प्रदर्शन गरिएको हो ।