२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने



अ+ अ-

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आईतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आईतवार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सावजनिक गरेको हो ।

कार्ययोजना प्रश्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्यजना बनाएको पनि बताउनु भयो । सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने बताउनु भयो ।

उहाँले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि बताउनु भयो । सहसचिव लुइँटेलले कार्ययोजना प्रश्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताउनु भयो । त्यस्तै काठमाडौ उपत्यका लगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने काम गर्ने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताउनु भयो । उहाँले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रुपमा मनाएर पर्यटन प्रवद्र्धन पर्यटन क्षेत्रको विकास गर्ने गरीएको भएपनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशकै रुपमा मनाउँदा पर्यटन प्रवद्र्धन र विकासको अभियान नै भएको बताउनु भयो । उहाँले पर्यटन प्रवद्र्धन र विकासको अभियान निरन्तर रुपमा लगेमात्र सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा हुने जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभइ सरकारको कार्ययोजना भएको बताउनु भयो । उहाँले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ कार्ययोजनाले नेपालको पर्यटन क्षेत्रमा कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने काम गर्नेछ । नेपाल विश्वमा पर्यटन आवगमनको केन्द्र बनाउने लक्ष्य बोकेका छौं । त्यो योजनालाई पनि यो ७३ बुँदे कार्ययोजनाले मद्दत पु¥याउनेछ भन्ने विश्वास लिएको छौं । यो कार्ययोजनामा दीर्घकालिन,मध्येकालिन र तत्कालिन योजनाहरु पनि छन् । विगतमा नेपाले भम्रण वर्ष भनेर आयोजनाहरु गरेर पर्यटन प्रवद्र्धनको काम गर्ने गरेको थियो । तर यो वर्षबाट हामीले दशकलाई नै पर्यटन वर्ष मनाउने गरी पर्यटन दशक भनेर मनाउने सोचाइ अगाडि बढाएका छौं । यसले पर्यटन प्रवद्र्धन, पर्यटन विकासको अभियान हो । एकै दिनमा, एक वर्षमा कार्य सम्पन्न हुने कुरा होइन । निरन्तर रुपमा हामीले लैजानुपर्छ । त्यसो भएमात्रै सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा गर्नसक्छौं । यो उदेश्यले दशकको रुपमा नै पर्यटन वर्ष बनाएर जाने घोषणा गरेका छौं । यो पर्यटन मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना हो । प्रधानमन्त्री ज्यूले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि केके गर्नुपर्ने हो । अगाडि बढाउनुस् भन्नुभएको छ । सरकारको तर्फबाट के सहयोग गर्नुपर्छ गर्ने बताउनुभएको छ ।’

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ । त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ । त्यस्तै, प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रात्रीकालिन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ । किलिन नेपाल,ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश,स्थानीय सरकार ,नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई एवं रङ,रोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरेको छ ।