३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

सरकारले २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने

सरकारले २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने
अ+ अ-

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आईतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आईतवार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सावजनिक गरेको हो ।

कार्ययोजना प्रश्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्यजना बनाएको पनि बताउनु भयो । सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने बताउनु भयो ।

उहाँले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि बताउनु भयो । सहसचिव लुइँटेलले कार्ययोजना प्रश्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताउनु भयो । त्यस्तै काठमाडौ उपत्यका लगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने काम गर्ने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताउनु भयो । उहाँले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रुपमा मनाएर पर्यटन प्रवद्र्धन पर्यटन क्षेत्रको विकास गर्ने गरीएको भएपनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशकै रुपमा मनाउँदा पर्यटन प्रवद्र्धन र विकासको अभियान नै भएको बताउनु भयो । उहाँले पर्यटन प्रवद्र्धन र विकासको अभियान निरन्तर रुपमा लगेमात्र सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा हुने जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभइ सरकारको कार्ययोजना भएको बताउनु भयो । उहाँले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ कार्ययोजनाले नेपालको पर्यटन क्षेत्रमा कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने काम गर्नेछ । नेपाल विश्वमा पर्यटन आवगमनको केन्द्र बनाउने लक्ष्य बोकेका छौं । त्यो योजनालाई पनि यो ७३ बुँदे कार्ययोजनाले मद्दत पु¥याउनेछ भन्ने विश्वास लिएको छौं । यो कार्ययोजनामा दीर्घकालिन,मध्येकालिन र तत्कालिन योजनाहरु पनि छन् । विगतमा नेपाले भम्रण वर्ष भनेर आयोजनाहरु गरेर पर्यटन प्रवद्र्धनको काम गर्ने गरेको थियो । तर यो वर्षबाट हामीले दशकलाई नै पर्यटन वर्ष मनाउने गरी पर्यटन दशक भनेर मनाउने सोचाइ अगाडि बढाएका छौं । यसले पर्यटन प्रवद्र्धन, पर्यटन विकासको अभियान हो । एकै दिनमा, एक वर्षमा कार्य सम्पन्न हुने कुरा होइन । निरन्तर रुपमा हामीले लैजानुपर्छ । त्यसो भएमात्रै सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा गर्नसक्छौं । यो उदेश्यले दशकको रुपमा नै पर्यटन वर्ष बनाएर जाने घोषणा गरेका छौं । यो पर्यटन मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना हो । प्रधानमन्त्री ज्यूले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि केके गर्नुपर्ने हो । अगाडि बढाउनुस् भन्नुभएको छ । सरकारको तर्फबाट के सहयोग गर्नुपर्छ गर्ने बताउनुभएको छ ।’

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ । त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ । त्यस्तै, प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रात्रीकालिन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ । किलिन नेपाल,ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश,स्थानीय सरकार ,नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई एवं रङ,रोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरेको छ ।