१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

संसदमा नागरिकता विधेयक पारित भए के के परिवर्तन होलान् ?

संसदमा नागरिकता विधेयक पारित भए के के परिवर्तन होलान् ?
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्न बैठकमा पेस गर्ने उल्लेख छ । सम्भवतः प्रतिनिधिसभाको आजकै बैठकले सो विधेयक पारित गर्नेछ ।

सरकारले ल्याएको नागरिकता ऐनको संशोधन विधेयक पारित भए विशेषगरेर तीनवटा परिवर्तन हुनेछ । संशोधन विधेयकअनुसार जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन् ।

दोस्रो आमाको नामबाट पनि नागरिकता पाइने छ । र तेस्रो विधेयकले गैरआवासीय नेपाली नागरिकता प्राप्त मार्ग प्रशस्त गर्नेछ ।

विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) का सन्तानलाई नागरिकता प्राप्त गर्न सहज बनाएको छ । विसं २०४६ चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो ।

तर जन्मसिद्ध नागरिकता पाएका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था वर्तमान संविधानमा भए पनि कानूनको अभावमा त्यस्ता सन्तानले नागरिकता पाउन सकेका थिएनन् । अब विधेयक पारित भए उनीहरुले पनि नागरिकता पाउने छन् ।

विधेयकमा आमाको नामबाट नागरिकता पाउनका लागि चारवटा शर्त अगाडि सारिएको छ । आमा नेपालको नागरिक भएको हुनुपर्ने, नेपालमै बसोबास गरेको हुनुपर्ने, बाबुको पहिचान हुन नसकेको र बाबुको पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था विधेयकमा छ । नागरिकता लिने व्यक्ति वा उसको आमाले बाबुको पहिचान हुन नसकेको स्वघोषणा गर्नु पर्नेछ ।

नेपालको नागरिकतासम्बन्धी ऐन, २०६३ मा कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्न व्यवस्था भए पनि सरकारले यसलाई कार्यान्वयन गरेको थिएन । संसद्मा प्रस्तुत विधेयकमा आमाको नामबाट मात्र नागरिकता पाउन बाबुको पहिचान नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।

यद्यपि बाबुको पहिचान हुन नसकेको भनी स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी भएको ठहरिएमा उक्त नागरिकता रद्द हुनेछ । संविधानमा नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था गरेकाले सो अवस्थामा उसले अंगीकृत नागरिकता भने पाउने छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशमा रहेका कुनै पनि नपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण पुर्याउनु पर्नेछ । यद्यपि सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरुले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।