५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट प्रकरण: संसदीय छानबिन समितिको बैठक जारी



अ+ अ-

काठमाडौँ । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको बैठक बसिरहेको छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट सार्वजनिक गर्नु एक दिनअघि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गराएको भन्ने आरोप लागेपछि प्रतिनिधिसभाले विशेष संसदीय छानबिन समिति गठन गरेको छ ।

समितिलाई सहयोग पुगोस् भनेर शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिइसक्नुभएको छ । छानबिन गरी प्रतिवेदन पेश गर्न गठित समितिले तत्कालीन अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिवद्वय तथा अन्य अधिकारीहरु सोधपुछ गरिसकेको छ ।

समितिले अनधिकृत व्यक्तिको संलग्नताबारे समाचार दिने अन्नपूर्ण दैनिकका दुई पत्रकारसँग पनि सोधपुछ गरिसकेको छ ।