२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ



अ+ अ-

पाटन । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो मन्दिर पुनःनिर्माण हुनसकेको छैन ।

आवश्यक निर्माण सामग्रीको जोहो गर्न नसक्दा मन्दिर पुनःनिर्माण अझै अन्योलमै छ । पुनःनिर्माणमा १०० भन्दा बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा त्यसको अभावमा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “इँटाको आकार र प्रकार पुरानो शैलीअनुरुप नमिलेपछि काम अघि बढाउन ढिलाइ भइरहेको छ ।” समय घर्किँदै जाँदा मन्दिर जीर्ण बन्दै गएको उहाँको भनाइ छ ।

मन्दिर जीर्णोद्धारले मात्रै नपुग्ने अध्यक्ष प्रधान बताउनुहुन्छ । सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रु २० लाख उपलब्ध गराएको सङ्घका सचिव रवि दर्शनधारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला मन्दिर जीर्णोद्धार गरेमात्रै पुग्छ भन्ने लागेको थियो, अब पुनःनिर्माण नै गर्नुपर्ने अवस्था छ ।”

मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशनको रहने इञ्जीनियर प्रणाम होराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शिखरशैलीमा रहेको यस मन्दिरको सबै बुर्जामुनिको काठ मक्किएको छ, सबैजसो इँटा फेर्नुपर्ने अवस्था छ ।” आवश्यक सामग्री तयार नभएसम्म मन्दिर पुनःनिर्माण गर्न नसकिने होरा बताउनुहुन्छ । मन्दिर पुनःनिर्माणका लागि गत वर्ष पुस २९ गते क्षमापूजा गरिएको थियो ।

मन्दिर भत्काएपछि त्यहाँका सबै सामग्री पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा राख्ने तयारी छ । इँटाको नमूना झिकेर नयाँ बनाउन दिइएको छ । यसअघि उक्त मन्दिरमा १०८ थरिका इँटा प्रयोग गरिएको पाइएको छ । नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरी प्रदर्शनसमेत गर्ने गरिन्छ । लामो नाट्य महोत्सवका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो ‘नृसिंह’ भगवान्मा आधारित नृत्यको थालनी गर्नुभएको बताइन्छ । रासस