१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः थ्री स्टार र ब्रिगेड ब्वाइजको बराबरी



file
अ+ अ-

काठमाडौं । शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । 
    
खेलमा पहिलो अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको ५६औँ मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई पहिलो अग्रता दिलाएका थिए । 

त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका डोना थापाले गोल गरेपछि खेल एक/एक गोलको बराबरीमा सकियो । 

यस बराबरीसँगै थ्रीस्टारले १३ खेलमा १९ अङ्क जोडेको छ । ब्रिगेड व्वाइजले १३ खेलमा ८ अङ्क जोड्यो । यस सिजको लिगमा ब्रिगेड ब्वाइज रेलिगेसनमा परेको छ ।