६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो



अ+ अ-

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले फोहोरलाई मल बनाउने विषयमा चासो देखाएको छ । शुक्रवार समितिले सांसदहरुलाई भक्तपुर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो ।

समितिको शुक्रवारको बैठकमा सांसदहरुले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्राविधि र प्रक्रियाको विषयमा जानकारी लिनुभएको हो । भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रा.लि.की प्रवन्धनिर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो । निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहित मल रिकिसी कम्पोस्ट प्रा.लि.को प्राविधिक सहयोगमा बनाइरहेको बताउनु भयो । उहाँले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउने बताउनु भयो । निर्देशक गिरीले यो प्रविधि जापानी प्रविधि भएको र यस प्रविधिले प्राङ्गारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगंगामा आलु खेतीमा प्रयोग गरेर समेत देखिएको बताउनु भयो । उहाँले यो मल रासायनिक मल प्रयोग नभएको स्थानमा रासायनिक मलको भन्दा राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ भत्तपुरको ठिमीमा फोहोर व्यवस्थापनको काम गरिरहेका छौं । जुन फोहोरलाई गन्धरहित बनाएर कम्पोष्ट मल बनाइरहेका छौं । फोहोर अहिले संसारकै समस्या रहेको छ । जुन ल्याण्डफिलमा नलगि हुँदैन । जापानी प्रविधिमार्फत फोहोरलाई गन्धरहित बनाएर कम्प्याक्टसँग लिचेडहरु केही ननिकाली राम्रो मल बन्छ । जुन मल हिजो आज नेपालमा खाँचो छ । त्यो खाँचोलाई फोहोरबाट मल बनाएर प्रयोग गरे अर्गानिक वस्तु उत्पादन गरेर खानसक्छौं । ठिमीले चार वर्षदेखि घरबाट निस्कने फोहोरलाई गन्धरहित बनाएर मल बनाइरहेको छ । भक्तपुरले फोहोरबाट मल निकालेर २० रुपैयाँमा जनतालाई दिइरहेको छ । काठमाडौंको फोहोर व्यवस्थापनको लागि बन्चरे डाँडामा ठूलो समस्या रहेको छ । हामी सबै मिलेर काम गर्ने हो भनेर फोहोरको सदुपयोग र मल पनि राम्रो बन्ने थियो । यसको समाधान भनेको जापानी प्रविधि हो । त्यसले फोहोरलाई कुहिने फोहोरलाई गन्धरहित बनाएर मल बनाउँछ ।

उहाँले पछिल्लो समय काठमाडौं उपत्यका लगायतका स्थानमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन गर्नसकिने बताउनु भयो । उहाँले फोहोरबाट मल उत्पादन गर्नसके अर्गानिक वस्तु उत्पादन गर्नसकिने बताउनु भयो ।