७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो
अ+ अ-

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले फोहोरलाई मल बनाउने विषयमा चासो देखाएको छ । शुक्रवार समितिले सांसदहरुलाई भक्तपुर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो ।

समितिको शुक्रवारको बैठकमा सांसदहरुले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्राविधि र प्रक्रियाको विषयमा जानकारी लिनुभएको हो । भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रा.लि.की प्रवन्धनिर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो । निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहित मल रिकिसी कम्पोस्ट प्रा.लि.को प्राविधिक सहयोगमा बनाइरहेको बताउनु भयो । उहाँले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउने बताउनु भयो । निर्देशक गिरीले यो प्रविधि जापानी प्रविधि भएको र यस प्रविधिले प्राङ्गारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगंगामा आलु खेतीमा प्रयोग गरेर समेत देखिएको बताउनु भयो । उहाँले यो मल रासायनिक मल प्रयोग नभएको स्थानमा रासायनिक मलको भन्दा राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ भत्तपुरको ठिमीमा फोहोर व्यवस्थापनको काम गरिरहेका छौं । जुन फोहोरलाई गन्धरहित बनाएर कम्पोष्ट मल बनाइरहेका छौं । फोहोर अहिले संसारकै समस्या रहेको छ । जुन ल्याण्डफिलमा नलगि हुँदैन । जापानी प्रविधिमार्फत फोहोरलाई गन्धरहित बनाएर कम्प्याक्टसँग लिचेडहरु केही ननिकाली राम्रो मल बन्छ । जुन मल हिजो आज नेपालमा खाँचो छ । त्यो खाँचोलाई फोहोरबाट मल बनाएर प्रयोग गरे अर्गानिक वस्तु उत्पादन गरेर खानसक्छौं । ठिमीले चार वर्षदेखि घरबाट निस्कने फोहोरलाई गन्धरहित बनाएर मल बनाइरहेको छ । भक्तपुरले फोहोरबाट मल निकालेर २० रुपैयाँमा जनतालाई दिइरहेको छ । काठमाडौंको फोहोर व्यवस्थापनको लागि बन्चरे डाँडामा ठूलो समस्या रहेको छ । हामी सबै मिलेर काम गर्ने हो भनेर फोहोरको सदुपयोग र मल पनि राम्रो बन्ने थियो । यसको समाधान भनेको जापानी प्रविधि हो । त्यसले फोहोरलाई कुहिने फोहोरलाई गन्धरहित बनाएर मल बनाउँछ ।

उहाँले पछिल्लो समय काठमाडौं उपत्यका लगायतका स्थानमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन गर्नसकिने बताउनु भयो । उहाँले फोहोरबाट मल उत्पादन गर्नसके अर्गानिक वस्तु उत्पादन गर्नसकिने बताउनु भयो ।